"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माधव नेपालको सक्रियता, प्रधानमन्त्रीलाई वेचैन

प्रकाशित मिति :  31 May, 2024 2:28 pm


काठमाडौँ । पछिल्लो राजनीतिक समिकरण र सत्ता संर्घषबाट माधव कुमार नेपालको सक्रियता बढेको छ । नेपालको सक्रियताले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चाहीँ वेचैनी थपिएको छ । दाहालले सत्ता गठबन्धन तत्काल नभत्किने बताउदै कार्यक्रमहरुमा स्पष्टकरण दिइरहेका छन् । माधव कुमार नेपाल र झलनाथ खनाललाई बालुवाटार बोलाएर छलफल नै गरेका छन् ।

शुक्रबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले गठबन्धन नभत्किने ब्रिफिङ गरेका हुन् । बैठकमा उपस्थित एक माओवादी सांसदका अनुसार पार्टी अध्यक्ष र संसदीय दलका नेतासमेत रहेका दाहालले गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी पनि सँगै रहने बताएका हुन् । दाहालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘सरकार/गठबन्धन तत्काल केही हुन्न । माधव कमरेडहरूको तलमाथि हुन्न ।’

प्रधामन्त्री दाहालले बिहीबार विराटनगरमा माधवकुमार नेपाल अर्को समीकरणमा नजाने दाबी गरेका थिए । सत्ता गठबन्धनमै भए पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले महत्त्‍वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको भन्दै नेपाल असन्तुष्ट देखिन्छन् ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेपालसहित, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशमा सरकार निर्माणबारे छलफल गर्न पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका