"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय अनुसन्धान अधिकृतको बढुवामा नक्कली सर्टिफिकेट पेस गरेको भन्दै मुद्दा दायर

प्रकाशित मिति :  9 June, 2024 4:31 pm


काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अधिकृत बढुवा नियुक्ति लिएको आरोपमा अदालतमा मुद्दा दायर भएको छ।  अख्‍तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको भन्दै उजुरी परेको थियो।  त्यसमा अनुसन्धान गर्दा चौधरीले मगध विश्वविद्यालय बोधगया भारतबाट स्नातक तह बिए उतीर्ण गरेको भनेर नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको प्रवक्ता घिमिरेले बताए। 

प्रमाणपत्र पेस गरी विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएर माथिल्ला विभिन्न पदका लागि सोही प्रमाणपत्र पेस गरेको देखिएको अख्तियारले जनाएको छ। 

चौधरीले उपअनुसन्धान निर्देशकको पदमा रहेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारको दाबी छ। अख्तियारले चौधरीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको मुद्दामा उल्लेख गरेको छ।

झुट्टा विवरण दिनेलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार