"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

प्रकाशित मिति :  10 June, 2024 4:59 pm


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन्। सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए।

सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ सांसद र विपक्षमा २८ सांसदले मतदान गरेका थिए।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन्। देवकोटा बाबुराम भट्टराईनिकट हुन्। नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो। साथै राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका छन्। 

६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेसका २७ जना सांसद छन्। कांग्रेसका २७ सहित राप्रपाका २, माओवादीको चुनाव चिन्हबाट जितेका एक र स्वतन्त्र एक सांसद गरी ३१ जनाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका हुन्।

देवकोटाले फ्लोर क्रस गरेपछि एमाले र माओवादी सांसदहरूले वेल घेराउ गर्दै केहीबेर नाराबाजीसमेत गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको