"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कलंकी-चाबहिल सडकखण्ड छिटो बनाउन माग गर्दै सांसदहरूको संकल्प प्रस्ताव

प्रकाशित मिति :  12 June, 2024 7:32 pm


काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले रिङरोडको कलंकी-चाबहिल सडकखण्ड छिटो निर्माण गर्नुपर्ने भन्दै जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरेका छन्।

काठमाडौंबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदहरूले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलाई बुधबार जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव बुझाएका हुन्। 

नेपाल र चीन सरकारबीच रिङरोडको कलंकी-चाबहिल सडक खण्ड निर्माण गर्ने सहमति भएको थियो। चीनले उक्त सडक नबनाउने हो भने आफ्नै स्रोतबाट सरकारले सडक बनाउनुपर्ने उनीहरूको भनाइ छ।

‘दुवै सरकार बLचमा भएको समझदारी अनुरूप विस्तार कार्य हुने वा नहुने अन्योलता हटाइ रिङरोड विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारी साधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न, आम नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृति गर्न रिङरोड कलंकी धोबीखोला ‘चाबहिल विस्तार कार्यलाई अविलम्ब सुचारु गरि यथाशक्य चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्नका लागि यस संकल्प प्रस्ताव प्रस्तुत गर्दछौं,’ सांसदहरूले भनेका छन्।

कांग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक र समर्थकमा गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपनाराज भण्डारी, अम्बिका बस्नेत,  शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने