"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आमाको नाममा जग्गा किनेका इञ्जिनियर भट्टराईलाई ६ वर्षको कैद

प्रकाशित मिति :  13 June, 2024 1:40 pm


काठमाडौं । घुस बापतको पैसा जग्गा बेच्नेलाई बुझाउन लगाएर आमाको नाममा जग्गा किनेका इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्षको कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कोषका योजना प्रमुख समेत रहेका इञ्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएको हो । विशेष अदालतले उनीबाट ८० लाख बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेको छ ।

इञ्जिनियर भट्टराई लुम्बिनी विकास कोषमा कार्यरत थिए । कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियारले २५ चैत, २०८० मा उनी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

अख्तियारको दावी अनुसार, उनले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डमा २ रोपनी ९ आना अनि २ आनाको अर्को गरी दुई टुक्रा जमिन किनेका थिए । उजुरी परेपछि छानबिन हुँदै जाँदा उनलाई जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएको खुल्यो । पैसा राखिदिने ठेकेदारले लुम्बिनी विकास कोषबाट विभिन्न निर्माणसम्बन्धी काम पाएको थियो ।

घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले आमालाई समेत मतियारको रुपमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले विगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै कैद सजाय तोकेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार