"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आमाको नाममा जग्गा किनेका इञ्जिनियर भट्टराईलाई ६ वर्षको कैद

प्रकाशित मिति :  ३१ जेष्ठ २०८१, बिहीबार १३:४०


काठमाडौं । घुस बापतको पैसा जग्गा बेच्नेलाई बुझाउन लगाएर आमाको नाममा जग्गा किनेका इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्षको कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कोषका योजना प्रमुख समेत रहेका इञ्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएको हो । विशेष अदालतले उनीबाट ८० लाख बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेको छ ।

इञ्जिनियर भट्टराई लुम्बिनी विकास कोषमा कार्यरत थिए । कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियारले २५ चैत, २०८० मा उनी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

अख्तियारको दावी अनुसार, उनले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डमा २ रोपनी ९ आना अनि २ आनाको अर्को गरी दुई टुक्रा जमिन किनेका थिए । उजुरी परेपछि छानबिन हुँदै जाँदा उनलाई जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएको खुल्यो । पैसा राखिदिने ठेकेदारले लुम्बिनी विकास कोषबाट विभिन्न निर्माणसम्बन्धी काम पाएको थियो ।

घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले आमालाई समेत मतियारको रुपमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले विगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै कैद सजाय तोकेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ- गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन्। आज

काठमाडौं – अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने

काठमाडौँ – आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन्। बुधबार इन् साइट