"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा सार्वजनिक महत्वका विषयमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  14 June, 2024 4:20 pm


काठमाडौँ ।  सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सरकारको ध्यानाकर्षण गराउँदै सभामुखले भने, ‘यहाँहरूले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् । त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति रामचन्द्र पौडेलको स्विजरल्यान्ड र जर्मनी भ्रमणका साथै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे सदनमा जानकारी दिनुपर्ने माग राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी