"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा सार्वजनिक महत्वका विषयमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  14 June, 2024 4:20 pm


काठमाडौँ ।  सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सरकारको ध्यानाकर्षण गराउँदै सभामुखले भने, ‘यहाँहरूले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् । त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति रामचन्द्र पौडेलको स्विजरल्यान्ड र जर्मनी भ्रमणका साथै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे सदनमा जानकारी दिनुपर्ने माग राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद