"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डीडीसी दूधको बक्यौता भुक्तानी माग्दै किसान फेरि आन्दोलित

प्रकाशित मिति :  19 June, 2024 1:11 pm


काठमाडौं । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान ( डीडीसी) अगाडि आन्दोलन गरेका हुन ।

किसानहरु डिडिसिमा तालाबन्दी गर्ने भन्दै अगाडि बढेपछि ५० जनाभन्दा बढी दुग्ध किसानालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । ‘तत्काल दूधको बक्यौता भुक्तानी गर्न आन्दोलन गरेका थियौं, प्रहरीले धरपकड गरेर कालिमाटीमा लग्यो । अहिले भर्खरै छोडेको छ तर हाम्रो आन्दोलन निरन्तर नै छ’, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले भने ।

कुँवरका अनुसार वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार दूध किसानको रकम नआउँदा समस्या रहेको भन्दै आन्दोलन गर्नुपरेको हो ।
वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी नै रहेको उनले सुनाए । ‘रेगुलर पैसा आइरहेको देखिए पनि बक्यौता घट्न सकेको छैन, अहिले उत्पादन भइरहेको दूधको रकम आएनि बाँकी बक्यौता तत्काल दिनुपर्छ’, कुँवरले भने । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्