"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डीडीसी दूधको बक्यौता भुक्तानी माग्दै किसान फेरि आन्दोलित

प्रकाशित मिति :  ६ असार २०८१, बुधबार १३:११


काठमाडौं । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान ( डीडीसी) अगाडि आन्दोलन गरेका हुन ।

किसानहरु डिडिसिमा तालाबन्दी गर्ने भन्दै अगाडि बढेपछि ५० जनाभन्दा बढी दुग्ध किसानालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । ‘तत्काल दूधको बक्यौता भुक्तानी गर्न आन्दोलन गरेका थियौं, प्रहरीले धरपकड गरेर कालिमाटीमा लग्यो । अहिले भर्खरै छोडेको छ तर हाम्रो आन्दोलन निरन्तर नै छ’, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले भने ।

कुँवरका अनुसार वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार दूध किसानको रकम नआउँदा समस्या रहेको भन्दै आन्दोलन गर्नुपरेको हो ।
वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी नै रहेको उनले सुनाए । ‘रेगुलर पैसा आइरहेको देखिए पनि बक्यौता घट्न सकेको छैन, अहिले उत्पादन भइरहेको दूधको रकम आएनि बाँकी बक्यौता तत्काल दिनुपर्छ’, कुँवरले भने । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम