"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सचिवालयका कर्मचारीको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित

प्रकाशित मिति :  19 June, 2024 7:02 pm


काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ । संघीय संसद्का कर्मचारीले आन्दोलन गरी प्रतिनिधिसभाको बैठकको कामकारबाहीलाई अवरोध गरेपछि स्थगित भएको हो ।

मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन ।

लामो समय सभामुख घिमिरेलाई मात्रै प्रत्यक्ष प्रशारणमा देखाएपछि सांसदहरूले प्रश्न गरेका थिए । कांग्रेस सांसद रामहरि खतिवडाले कर्मचारीले ‘ब्ल्याक आउट’ गरेको अवस्थामा सदनको कारबाही अगाडि बढाउन नहुने बताएका थिए ।

सभामुख घिमिरेले सांसदका पूरक प्रश्न नसकिँदै र मन्त्री यादवले जवाफ दिन नपाउँदै संसद्को बैठक स्थगित गरिदिएका हुन् । सभामुखले बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थित भएको जानकारी गराएका थिए ।

संघीय संसद्का कर्मचारीहरूले पछिल्लो समय तलब बृद्धि, आवास भत्ता, कार्यालय समयभन्दा बढी काम गरेको भत्तालगायतको माग गर्दै आएका छन् । सांसदहरूले भत्ता पाउने तर कर्मचारीले नपाउने भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रालयगत विनियोजनमाथि उठेका प्रश्नको ८ मन्त्रीले जवाफ दिने कार्यसूची थियो । तर कर्मचारीको आन्दोलने एउटा मन्त्रीले पनि जवाफ दिन सकेनन् ।

स्वास्थ्य, वन,शिक्षा, श्रम, सहरि विकास, रक्षा, खानेपानी र महिला मन्त्रीले मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद