"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एघार महिनामा १४ खर्बको आयात, १ खर्बको निर्यात

प्रकाशित मिति :  21 June, 2024 1:49 pm


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ अर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ।

मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल छन् । चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । विभागका अनुसार ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक