"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : महामन्त्री थापा

प्रकाशित मिति :  23 June, 2024 11:01 am


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टी बनाउन सकिने बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा थापाले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको पार्टी बनाउन सकिने बताए । उनले कांग्रेसलाई ५ वर्ष ढुक्कले सरकार चलाउने पार्टी बनाउन सकिने बताए ।

नेपालले अहिले अपनाएको निर्वाचन प्रणालीबाटै २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टीका रूपमा कांग्रेसलाई बनाउन सकिने महामन्त्री थापाको भनाइ थियो ।

‘म तपाईंहरूलाई यो विश्वास दिलाउन चाहन्छु कि यो पार्टी सकिएला, भत्किएला, त्यो केही पनि हुँदैन । २०८४ सालको चुनावबाट, अहिलेकै निर्वाचन प्रणालीबाट विपी कोइराला, गणेशमान, किसुनजीको पार्टी हो यो । यो पार्टीको कार्यकर्ताहरु हौँ हामी । हामीभित्र केही सुधार चाहिएको छ । हामी भित्र केही फोहोर सफा गर्नुपर्नेछ । हामी भित्र माया, प्रेम चाहिएको छ ।

सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं,’ महामन्त्री थापाले भने, ‘यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईहरूको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी यो बन्छ, बनाउन सक्छौं ।’

महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका