"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वप्रकाशको प्रश्न : गोप्य सुचना सार्वजनिक गरेर गृहमन्त्रीले जीबी राईलाई भगाउन खोजेको हो ?

प्रकाशित मिति :  23 June, 2024 1:10 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले नै सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई भगाउन खोजेको आरोप लगाएको छ।

आज संसद्‍को प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जीबी राईको लोकेसन पत्ता लाग्यो भन्नु भगाउन खोज्नु हो भनेका छन्।

उनले गृहमन्त्रीले जीबीलाई पक्राउ गर्न सुपुर्दगी सन्धि चाहिन्छ भन्नु पक्राउन नगर्ने नियत भएको बताएका छन्। ‘गोरखा मिडिया नेटवर्कका दुई सन्चालकमध्ये एकजना फरार छन्। अर्काजना गृहमन्त्री छन्।’

शर्माले भने, ‘यसमा नियत छ। सुपुर्दगी सन्धिबिना नै अभियुक्त पक्राउ गर्न सकिन्छ।’ उनले श्रम सम्झौता बिना नै धेरै देशमा नेपाली नागरिक रोजगारमा रहेको समेत जानकारी दिए।

सहकारी ठगीमा प्रश्न उठेपछि पनि गृहमन्त्रीले राजीनामा नदिएकोमा शर्माले घुमाउरो तवरले व्यंग्य दिए। उनले छानबिन समिति बनेपछि पहिलेका मन्त्रीहरूले राजीनामा दिएको नजिर समेत बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका