"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्मचारी आन्दोलनले संसद् बैठक प्रभावित

प्रकाशित मिति :  24 June, 2024 1:23 pm


काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूले तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलन गर्दा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठक ११ बजे बोलाइएकोमा १२ बज्दासम्म पनि सुरु हुन सकेको छैन । संसद्का कर्मचारी र प्राविधिक कर्मचारीले आन्दोलन गरेपछि बैठक सुरु हुन नसकेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयका कर्मचारीको आन्दोलनले बैठक प्रभावित भएको बताए ।

सोमबारको बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बैठक बस्न ढिलाइबारे प्रवक्ता गिरीले भने, ‘कर्मचारीहरू आन्दोलनमा छन् । प्राविधिक साथीहरू पनि आन्दोलनमा हुनुहुन्छ । त्यसै कारणले बैठक समयमा बस्न नसकेको हो ।’

कर्मचारीका माग सम्बोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलगायत छलफलमा रहेको पनि प्रवक्ता गिरीले जानकारी दिए । मन्त्री गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र कर्मचारी युनियनका अध्यक्षलगायत वार्तामा रहेकाले संसद् बैठक बस्न ढिलाइ भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको