"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्मचारी आन्दोलनले संसद् बैठक प्रभावित

प्रकाशित मिति :  24 June, 2024 1:23 pm


काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूले तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलन गर्दा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठक ११ बजे बोलाइएकोमा १२ बज्दासम्म पनि सुरु हुन सकेको छैन । संसद्का कर्मचारी र प्राविधिक कर्मचारीले आन्दोलन गरेपछि बैठक सुरु हुन नसकेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयका कर्मचारीको आन्दोलनले बैठक प्रभावित भएको बताए ।

सोमबारको बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बैठक बस्न ढिलाइबारे प्रवक्ता गिरीले भने, ‘कर्मचारीहरू आन्दोलनमा छन् । प्राविधिक साथीहरू पनि आन्दोलनमा हुनुहुन्छ । त्यसै कारणले बैठक समयमा बस्न नसकेको हो ।’

कर्मचारीका माग सम्बोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलगायत छलफलमा रहेको पनि प्रवक्ता गिरीले जानकारी दिए । मन्त्री गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र कर्मचारी युनियनका अध्यक्षलगायत वार्तामा रहेकाले संसद् बैठक बस्न ढिलाइ भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार