"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् सचिवालयका कर्मचारी र सरकारबीच सातबुँदे सहमति

प्रकाशित मिति :  24 June, 2024 6:14 pm


काठमाडौं । ११ बुँदे मागसहित आन्दोलनरत संघीय संसद सचिवालय कर्मचारी युनियन र सरकारबीच सहमति जुटेको छ। युनियन र नेपाल सरकारको तर्फबाट सहजीकरण समितिबीच सोमबार भएको वार्ताले सातबुँदे सहमति गरेको हो।

यस्ता छन् सहमतिका बुँदाहरू :
१. कर्मचारी युनियनले राखेका मागहरुप्रति नेपाल सरकार सकारात्मक रहेकोले सम्पूर्ण मागहरु क्रमशः पूरा गर्दै जाने ।

२. राजपत्र अनङ्कित पाँचौ श्रेणी श्रेणीविहिन पदमा कार्यरत कर्मचारीहरु संघीय संसद सेवाबाट अनिवार्य अवकाश हुँदा राजपत्र अनङ्कित तृतीय श्रेणीमा बढुवा हुने कानूनी प्रावधान बमोजिम बढुवा भएका कर्मचारीहरुलाई खाइपाइ आएको तलबमान नघट्ने गरी अवकाश पश्चातका सेवा सुविधा प्रदान गर्ने । साथै हलुका सवारी चालक छैठौं स्तरको तलबमान निर्धारण गर्ने।

३. संघीय संसद सचिवालय सम्बन्धी ऐन २०६४ को दफा १३ मा उल्लेखित संघीय संसद विकास कोष, सोही ऐनको दफा १०६ मा रहेको कर्मचारी कल्याण कोष लगायतका कोषहरु सञ्चालन गर्न र संघीय संसद सचिवलायको तर्फबाट सम्बोधन हुनुपर्ने मागहरुका सम्बन्धमा नेपाल सरकारले आवश्यक सहजिकरण गर्ने ।

४. मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी हाललाई राजपत्राङ्कित कर्मचारीहरुको लागि मासिक रु ३,५०० र राजपत्र अनङ्कित कर्मचारीहरुको लागि मासिक रु ३,००० साविकको आवास भत्तामा वृद्धि गर्ने ।

५. कर्मचारीहरूलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक रु ३०० वृद्धि गर्ने ।

६. कर्मचारीहरूलाई कार्यालय समयभन्दा अगाडि वा पछाडि अतिरिक्त समयमा काम लगाएबापत उपलब्ध गराउँदै आएको खाजा खाना खर्चमा दैनिक रु १०० ले वृद्धि गर्ने । साथै यस्तो खाजाखाना वापतको रकम मासिक रूपमा प्रदान गर्ने ।

७. संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची १२ लाई बढिमा तीन वर्षमा पुनरावलोकन गर्ने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका