"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देश समृद्ध बनाउन सबै मिलेर अघि बढ्नुको विकल्प छैन : सभापति देउवा

प्रकाशित मिति :  25 June, 2024 5:34 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताए।

सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने उनले बताए। आदिवासी जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने उनले बताए।

‘नेपालमा आदिवासी जनजातिहरूले अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएको छ। तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्,’ उनले भने, ‘साथसाथै कांग्रेस पार्टीलाई पनि बलियो पार्नुस्। यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ।’

उनले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका