"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय छानबिन समितिले माग्यो गोर्खा मिडिया सहित ९ सहकारीको कागजात

प्रकाशित मिति :  26 June, 2024 5:07 pm


काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । 

समितिको बुधबार बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि., सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूका कागजात झिकाउने निर्णय भएको जानकारी दिए ।

‘हामीले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूका सन्दर्भमा हामीले सम्बन्धित निकायहरूबाट कागजात माग गर्ने निर्णय गरेका छौं । ती सहकारीहरूको पछिल्लो साधारणसभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आव‍श्यक वित्तीय विवरणहरू र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थितिसमेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीहरूको कागजात माग गर्ने निर्णय गरेका छौँ,’

उनले भने, ‘गोर्खा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा हाम्रो चासो केन्द्रित भएको छ । हामीलाई टिओआरमा कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ । हामी त्यसमा अगाडि बढेका छौँ । यसअघिका छानबिन समिति, आयोगहरूका प्रतिवेदन प्राप्त भएका छन् ।’

समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बास्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका