"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्राकृतिक प्रकोपबाट ३३ जिल्ला प्रभावित, १७ दिनमा २८ जनाको मृत्यु

प्रकाशित मिति :  १३ असार २०८१, बुधबार १९:५९


लमजुङको क्व्होलासोंथर-३, बगुममा चारजनाको ज्यान लिएको पहिरो।

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर विपद् जन्य घटना भइरहेका छन्। मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्यांङका घटनाबाट १४ जना व्यक्तिको ज्यान गएको छ। विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४५ वटा विपद्का घटना भएका छन्।

९ जना घाइते र २ जना बेपत्ता छन्। विभिन्‍न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ। देशभर आगलागीका चार वटा घटना भएका छन्। यसबाट मानवीय क्षति भएको छैन। एउटा घरमा भने क्षति पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ। पोखराको आरुपाटामा खसेको ढिस्कोले हरि सुनारका तीन वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ। उनी श्रीमती २७ वर्षीया ऋतु गम्भीर घाइते छन्। नौ वर्षीया छोरी अञ्जली सुनारको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उता लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा पुरिएर चारजनाको ज्यान गएको छ। पहिरोमा रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर परेको छ ।

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको छ। बेँसीशहर नगरपालिका–११, चिती स्याउतमा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ । पहिरोमा घाइते दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा पहिरोले घर नै बगाएको छ। घर बगाउँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो। पहिरोले विभिन्न ठाउँका ६ वटा घर र एउटा गोठमा क्षति पुगेको छ। पहिरोमै परी ९ वटा चौपायसमेत मरेका छन्।

त्यसैगरी चट्याङले पनि मानवीय क्षति पुर्‍याएको छ। देशभर चट्याङका १४ वटा घटना भएको प्रहरीको भनाइ छ। कैलाली, झापा र कपिलवस्तुमा चट्याङकै कारण ७ जनाको मृत्‍यु भएको छ। ५ जना घाइते भएका छन् भने ५ वटा चौपाया मरेका छन्।

कैलालीमा बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। साथै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षीय सालीन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको थियो। मंगलबार नै झापामा पनि चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका थिए।

त्यस्तै भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ। बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन्। मंगलबार दिउँसो माछा मार्न जाँदा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ का एकै परिवारका चार जनालाई बगाएको थियो। जसमध्ये २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन्।

यस्तै बुधबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चट्याङ्ग लागेर मृत्यु भएको छ।

दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चट्याङ्ग लागेको थियो। चट्याङ्ग लागेका दुवैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। मृतकको शव कपिलवस्तु अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि