"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसईईको नतिजा सार्वजनिक

प्रकाशित मिति :  27 June, 2024 10:18 am


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। अर्थात् यी विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। परीक्षामा सहभागी मध्ये ५२.१४ प्रतिशत ले ननग्रेड (एनजी) ल्याएको बोर्डले जनाएको छ ।

१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।

प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका