"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसईईको नतिजा सार्वजनिक

प्रकाशित मिति :  १४ असार २०८१, बिहीबार १०:१८


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। अर्थात् यी विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। परीक्षामा सहभागी मध्ये ५२.१४ प्रतिशत ले ननग्रेड (एनजी) ल्याएको बोर्डले जनाएको छ ।

१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।

प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको