"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महामन्त्री ढकालको प्रतिवेदनले रास्वपामा तरंग

प्रकाशित मिति :  28 June, 2024 11:45 am


काठमाडौँ । ३८ जिल्लाको यात्राबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विषयमा महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनले पार्टीभित्र तरंग ल्याएको छ।  महामन्त्री ढकालले समीक्षा प्रतिवेदन तयार पारेर सभापति रवि लामिछानेलाई बुझाएका प्रतिवेदनले पार्टीभित्र छलफलको विषयमा बनाएको छ।

प्रतिवेदनका सन्दर्भमा छलफल गर्न रास्वपाले यही असार १९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। जहाँ समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने एक मात्र कार्यसूची छ। रास्वपाका सांसद शिशिर खनाल महामन्त्रीले पार्टी सभापतिसमक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताउँछन्।

गत वैशाख १५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए। त्यसक्रममा उनले २ हजार ७९ जनाभन्दा बढी नेता—कार्यकर्तासँग संवाद गरेको उनले बताएका छन्।

समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका