"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

प्रकाशित मिति :  28 June, 2024 8:48 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। 

महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको बताए । ‘मलाई पत्र प्राप्त भएको छ । तर कसले पठाएको भनेर मैले खोलेर हेरेको छैन । पढेको पनि छैन । सभापतिबाहेकले मलाई स्पष्टीकरण सोध्न मिल्दैन । सभापतिसँग एकछिन पहिले कुरा हुँदा स्पष्टीकरण सोधेको छैन भन्नुभएको हो,’ महामन्त्री ढकालले इकान्तिपुरसँग भने, ‘तर पत्र चाँहि मेरो सचिवालयमा आइसकेको छ ।’

महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको छ ।सो प्रतिवेदनमा भएका महत्वपूर्ण बुँदासमेत महामन्त्री ढकालले सार्वजनिक गरेको भन्दै अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोधेको हो । ढकालले भने आफूलाई सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नमिल्ने दाबी गरे ।

महामन्त्री ढकालले आफ्नो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदनमा समावेश विषयवस्तुबारे महामन्त्री ढकालले सार्वजनिक गरेको आरोप लागेको छ ।

सो प्रतिवेदनमा महामन्त्री ढकालले किन्तु र परन्तु नलगाइ प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने उल्लेख गरेको बताएका थिए । ‘किन्तु/परन्तु नलगाई पार्टी प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने लेखेका थियौं तर त्यसमा हाम्रा नेताहरूले मुखरित रूपमा गर्न सकेनन्, जोडतोडले पार्टीका नेताहरूले त्यसलाई उठाउनुपर्छ,’ प्रतिवेदनमा रहेका विषयबारे ढकालले कान्तिपुरसँग भनेका छन्, ‘अहिलेको अवस्थामा ओली र प्रचण्डको साटो बालेन र गोपी हमाललगायत स्वतन्त्र पक्षधर व्यक्तिहरूसँग मिल्नु सबैभन्दा उपयुक्त हुन्छ ।’

ढकालले पार्टीको अहिलेको अवस्था निराशाजनक रहेको र त्यसलाई आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने कुरा पनि प्रतिवेदनमा लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २