"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चक्रपथको कलंकी-धोबीखोला सडक विस्तारका लागि दबाब यात्रा

प्रकाशित मिति :  29 June, 2024 10:19 am


काठमाडौं । रिङरोडको कलंकी-धोबीखोला सडकखण्ड विस्तारको मागसहित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्रा गरेका छन्।

कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले पौडेलले बिहान ७ बजेदेखि पैदलयात्रा गरेक हुन्।

उनको पैदलयात्रामा कार्यकर्ताहरू पनि सहभागी छन्। ‘धुलो-धुवाँ, फोहोर र हिलो जता-तता, सटर बन्द गरी जाउ कता’, ‘कसरी मनाउ राज्यलाई राज्य मान्दैनन्, नागरिकको बोली सुन्दै सुन्दैनन्, राज्यले सुन्ने ‘बिगुल’ म कहाँबाट ल्याउँ’ उल्लेख गरिएको ब्यानरसहित कार्यकर्ताहरू पनि सहभागी थिए।

दबाब यात्रा सुरू बिहान करिब १०:३० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन