"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  8 July, 2024 7:41 pm


काठमाडौँ । लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार प्रमाणीकरण गरिएको हो। राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो। यो ऐनले लगानीको वातावरण बढाउने सरकारको अपेक्षा छ। सात ऐनका विभिन्न व्यवस्थामाथि यो ऐनबाट संशोधन गरिएको छ।

सरकारले तेस्रो लगानी सम्मेलनालाई केन्द्रित गरेर लगानीसम्बन्धी कानुनहरू संशोधन प्रक्रिया अघि बढाएको थियो। गत वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्न अघि सरकारले अध्याधेशबाट विधेयक अघि बढाएको हो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद