"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  9 July, 2024 7:49 pm


काठमाडौँ । सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधीजन्य मालसामानहरूको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिम छ लाख २० हजार ९६ रुपियाँ बराबरको औषधीजन्य वितरण नगरी/नगराई हानिनोक्सानी गराइएको छ ।

तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधीजन्य मालसामानहरूको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गरेर सो बराबरको रकम हानिनोक्सानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आयोगका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी भुम्दी तारेभिरस्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलविरुद्ध झुट्टा विवरण पेस गरी शिक्षकको नियुक्ति लिएको आरोप लागेको छ ।

पौडेलले २०४९ मङ्सिर १९ गते अस्थायी एवम् २०६० चैत २६ मा स्थायी दुवै नियुक्तिको समयमा जन्म मिति २०१३/०१/२७ भएको नागरिकता पेस गरेको तर शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको उमेरभन्दा सात वर्ष कम अर्थात् २०२० वैशाख २७ गते उल्लेख रहेको आयोगले जनाएको छ ।

२०८० वैशाख २६ गतेसम्म प्रावि तृतीय श्रेणीको स्थायी शिक्षकको रूपमा अध्यापन गरी २०७९ चैत मसान्तसम्मको तलबभत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा, सुविधा समेत प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, धनुषाको गणेशमा चारथान नगरपालिका वडा नं. १० बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध नक्कली अध्यापन अनुमति पत्रसम्बन्धी मुद्दा दायर भएको छ । आयोगका अनुसार यादवले २०६३ सालदेखि निमावि राहत शिक्षकको नक्कली स्थायी अध्यापक  अनुमति पत्र पेस गरी नियुक्ति लिएका थिए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।