"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार : तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद सजाय र दुई करोड जरिबाना

प्रकाशित मिति :  10 July, 2024 2:49 pm


काठमाडौँ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्रीसहित पाँच जनालाई कैद सजाय र जरिबाना तोकिएको छ। विशेष अदालतले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योेजना मन्त्री विजय कुमार यादवलगायतविरुद्ध फैसला सुनाएको हो।

तत्कालीन मन्त्री यादवलाई ९ वर्ष एक महिना कैद र २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो एवं जरिबाना हुने अदालतले ठहर गरेको हो।

यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद सजाय सुनाइएको हो। जरिबाना भने मन्त्री यादवसरह नै हुनेछ। यादवलाई कसुरअनुसार ८ वर्ष र पदीय हिसाबले एक वर्ष एक महिना थप सजाय गरिएको हो।

यसअघि उनीहरूलाई दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि असार २५ मा पेसी तोकिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक