"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार : तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद सजाय र दुई करोड जरिबाना

प्रकाशित मिति :  10 July, 2024 2:49 pm


काठमाडौँ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्रीसहित पाँच जनालाई कैद सजाय र जरिबाना तोकिएको छ। विशेष अदालतले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योेजना मन्त्री विजय कुमार यादवलगायतविरुद्ध फैसला सुनाएको हो।

तत्कालीन मन्त्री यादवलाई ९ वर्ष एक महिना कैद र २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ बिगो एवं जरिबाना हुने अदालतले ठहर गरेको हो।

यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद सजाय सुनाइएको हो। जरिबाना भने मन्त्री यादवसरह नै हुनेछ। यादवलाई कसुरअनुसार ८ वर्ष र पदीय हिसाबले एक वर्ष एक महिना थप सजाय गरिएको हो।

यसअघि उनीहरूलाई दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि असार २५ मा पेसी तोकिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार