"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य बिमा बोर्डले सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक

प्रकाशित मिति :  11 July, 2024 12:54 pm


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो ।

यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल परिमार्जन गरिएको बताए । ‘परिमार्जित दररेट तथा सुविधाहरू प्याकेजबाट टुक्र्याइएकोले बिमित र सेवा प्रदायकलाई थप सजिलो हुने अपेक्षा गरेका छौं,’ उनले भने ।

परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य