"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू नै उपस्थित नभएपछि बैठक स्थगित

प्रकाशित मिति :  11 July, 2024 5:43 pm


काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री उपस्थित नभएको बैठक चल्छ कि चल्दैन भनी सभामुखलाई प्रश्न गरेका थिए । उनले मन्त्रिपरिषद्का सदस्यलाई संसदमा उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन भनेर पनि प्रश्न गरे ।

‘संसद् चलेका बेला मन्त्री उपस्थित हुनुपर्छ कि पर्दैन, कोही पनि उपस्थित नभएको संसद् चल्छ चल्दैन सभामुखको कुर्सीबाट म जान्न चाहन्छु’, उनले भने ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली ७९ को नियम ६ को ५ बमोजिम प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए ।

तर बिहीबारको बैठकमा कुनै मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गरेर अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद