"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ खुला

प्रकाशित मिति :  22 March, 2022 6:49 am


काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। 

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले ओखलढुंगामा लिखु–४ जलविद्युत आयोजना (५२.४ मेगावाट) को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो