"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतले गरे भेट

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १६:१०


काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेट गरेका हुन् ।

भेटमा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैं इच्छुक रहेको बताएका छन् । एमसीसी परियोजनाले नेपालको विकास र समृद्धिमा उल्लेखनीय योगदा‍न पुर्‍याउने विश्वास रहेको भन्‍दै राजदूत थम्पसनले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारबाट सहयोगको अपेक्षा रहेको बताए ।

साथै अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिका सधैं तत्पर रहेको उनको भनाइ छ । जवाफमा गृहमन्त्री रमेश लेखकले नेपाल र अमेरिकाका बिच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको बताउँदै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनलगायतका विषयमा दुवै देशको साझा धारणा रहेको उल्लेख गरे ।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकास अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको उनको भनाइ थियो ।

साथै जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने अपेक्षा रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताउनुभएको

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले