"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतले गरे भेट

प्रकाशित मिति :  19 July, 2024 4:10 pm


काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना सहित भेट गरेका हुन् ।

भेटमा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैं इच्छुक रहेको बताएका छन् । एमसीसी परियोजनाले नेपालको विकास र समृद्धिमा उल्लेखनीय योगदा‍न पुर्‍याउने विश्वास रहेको भन्‍दै राजदूत थम्पसनले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारबाट सहयोगको अपेक्षा रहेको बताए ।

साथै अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिका सधैं तत्पर रहेको उनको भनाइ छ । जवाफमा गृहमन्त्री रमेश लेखकले नेपाल र अमेरिकाका बिच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको बताउँदै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनलगायतका विषयमा दुवै देशको साझा धारणा रहेको उल्लेख गरे ।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकास अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको उनको भनाइ थियो ।

साथै जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने अपेक्षा रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेशबारे प्रष्टीकरण दिएका छन्। बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति

काठमाडौँ- सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणमा उनले आफ्नो आत्मकथा बिक्री गरेर कमाएको रकम पनि उल्लेख गरेका

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा