"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निलम्बित मुख्य सचिव अर्याल ५० हजार धरौटी बुझाएर रिहा

प्रकाशित मिति :  28 July, 2024 8:07 pm


काठमाडौँ – भ्रष्टाचार मुद्दामा पक्राउ परेका निलम्बित मुख्सचिव वैकुण्ठ अर्याल ५० हजार धरौटी बुझाएर रिहा भएका छन्। अर्याल आइतबार धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले अर्यालसँग ५० हजार धरौटी माग गर्न आदेश दिएको थियो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले आइतबार भएको आदेशपछि अर्यालले धरौटी रकम बुझाएको जानकारी दिए।

‘पचास हजार माग भै, सो धरौटी राखेर तारेखमा बस्नु भएको हो,’ रेग्मीले भने। यो प्रकरणमा ७ जना अदालतमा उपस्थित भइसकेको र ५ जना उपस्थित हुन बाँकीरहेको उनले जानकारी दिए।

सुरक्षण मुद्रण केन्द्रले अन्तः शुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग आयोगले मुख्यसचिव अर्यालसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अर्याल २०७८ साउन २७ देखि २०७९ चैत १४ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ