"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निलम्बित मुख्य सचिव अर्याल ५० हजार धरौटी बुझाएर रिहा

प्रकाशित मिति :  28 July, 2024 8:07 pm


काठमाडौँ – भ्रष्टाचार मुद्दामा पक्राउ परेका निलम्बित मुख्सचिव वैकुण्ठ अर्याल ५० हजार धरौटी बुझाएर रिहा भएका छन्। अर्याल आइतबार धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले अर्यालसँग ५० हजार धरौटी माग गर्न आदेश दिएको थियो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले आइतबार भएको आदेशपछि अर्यालले धरौटी रकम बुझाएको जानकारी दिए।

‘पचास हजार माग भै, सो धरौटी राखेर तारेखमा बस्नु भएको हो,’ रेग्मीले भने। यो प्रकरणमा ७ जना अदालतमा उपस्थित भइसकेको र ५ जना उपस्थित हुन बाँकीरहेको उनले जानकारी दिए।

सुरक्षण मुद्रण केन्द्रले अन्तः शुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग आयोगले मुख्यसचिव अर्यालसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अर्याल २०७८ साउन २७ देखि २०७९ चैत १४ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार