"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

५२ आयोजनाको ठेक्का तोड्ने सरकारको तयारी

प्रकाशित मिति :  29 July, 2024 1:33 pm


काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।

डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भनी प्रश्न गर्दै स्पष्टीकरण मागेको छ । पटक-पटक लिखित र मौखिकरुपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न सक्ने आधारसहित १५ दिनभित्र सम्पन्न नहुनुको कारण पेस गर्न अल्टिमेटम दिएको छ । कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का तोडी कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक