"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

५२ आयोजनाको ठेक्का तोड्ने सरकारको तयारी

प्रकाशित मिति :  29 July, 2024 1:33 pm


काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।

डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भनी प्रश्न गर्दै स्पष्टीकरण मागेको छ । पटक-पटक लिखित र मौखिकरुपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न सक्ने आधारसहित १५ दिनभित्र सम्पन्न नहुनुको कारण पेस गर्न अल्टिमेटम दिएको छ । कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का तोडी कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर