"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई वर्ष पुग्नु एक हप्ताअघि नै राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १६:२०


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई असफल हुने छुट नै नभएको बताएका छन्। आज मंगलबार सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाएर मुलुककको गम्भीर परिस्थितिबीच पहिलो र दोस्रो ठूलो दलसहितको सरकार बनेको भन्दै उनले जनतामा छाएको निराशा चिर्ने गरी काम गर्न भनेका हुन्।

ओलीले सरकारको स्थायित्वमा शंका नगर्न भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरताको सन्देश दिने ‍बताए।

‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने, ‘स्थिरतासहित नै सन्देश दिनु छ। त्यसैले म प्रधानमन्त्री भएको दुई वर्ष पुग्न एक साताअघि राजीनामा दिन्छु। सरकारको नेतृत्व हस्तान्तरण गर्छु।’

उनले सफलताको संकेत यही आर्थिक वर्षमा देखिनुपर्ने पनि बताएका छन्।  ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ।’

उनले सरकार केही ढलपल नहुने भन्दै कर्मचारीलाई ढुक्कले काम गर्न पनि निर्देशन दिए।  उक्त छलफलमा मन्त्रीहरू र केही विशिष्ट अधिकारीहरू पनि सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि