"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको राजीनामा

प्रकाशित मिति :  31 July, 2024 3:06 pm


काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् । वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।

मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद पनि कायम राखिराख्न चाहेनन् । स्रोतका अनुसार वैरागीलाई भारतका लागि नेपालको राजदूत बनाउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिएका थिए ।

त्यसअनुसार वैरागीले ९ साउनमा राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिए । तर उनलाई भारतका लागि राजदूत बनाउन प्रधानमन्त्री ओली तयार भएनन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ राजदूत सिफारिस गर्दा भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर