"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १४:५४


oplus_1024

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।

नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

कांग्रेसले गत शुक्रवार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ढोरपाटन – नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि

काठमाडौँ – लगातार चार दिनदेखि काठमाडौंको हावा प्रदूषित बनेको छ । चैत १७ आइतबारदेखि २० बुधबारसम्म काठमाडौंको हावाको गुणस्तर तह ‘निकै

काठमाडौँ- सरकारले भोलि चैत १८ गते ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयका सहसचिव रामचन्द्र