"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगी ७३ जिल्लामा डेंगीबाट २ हजार ६१ जना संक्रमित

प्रकाशित मिति :  5 August, 2024 10:48 am


काठमाडौँ — राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दिनमै १७/१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट दुई हजार ६१ जना संक्रमित बनिसकेका छन् ।

आर्थिक वर्ष २०६०/६१ मा एक जना मात्र डेंगी संक्रमित भेटिएकोमा २०८० को पुस मसान्तसम्म आइपुग्दा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । डेंगीका कारण गत वर्ष २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा महामारीका रूपमा फैलिएको थियो ।

संक्रामक रोग विज्ञहरूका अनुसार यो वर्ष पनि डेंगी उच्च दरमा फैलिन सक्ने जोखिम छ । संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगी नियन्त्रण तथा रोकथाममा जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने बताए । ‘डेंगी रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१’ मा जिम्मेवार बनाइएका अन्य निकायले पनि पहल गर्नुपर्छ,’ उनले भने ।

डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार डेंगीबारे सचेतनाका लागि घरदैलो कार्यक्रम, चोक तथा रणनीतिक स्थानमा ब्यानर तथा पोस्टर प्रदर्शन तथा माइकिङ, भूमिगत पार्किङ स्थल, निर्माणाधीन भवन, अव्यवस्थित ग्यारेज, कवाडी खानालगायत स्थानको निगरानी तथा नियमन गर्ने जिम्मेवारी स्थानीय तह, टोल विकास संस्था र अन्य सरोकारवाला निकायलाई दिइएको छ । जनस्तरसम्म डेंगीबारे सचेतना जनाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलाई जिम्मेवार बनाइएको छ । कार्ययोजनाको तालिका अनुसार सूचना उत्पादन, प्रकाशन चैतदेखि कात्तिकसम्म गर्नुपर्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी