"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अविरल वर्षाका कारण ३४ जिल्ला खतराको सूचीमा

प्रकाशित मिति :  6 August, 2024 12:19 pm


काठमाडौँ- देशका अधिकांश भूभागमा सोमबार रातिदेखि वर्षा जारी छ। महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकमोट र दोलखा छन्।

गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छन्। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर