"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेसमा २० सदस्यीय ‘जम्बो’ मन्त्रिमण्डल

प्रकाशित मिति :  7 August, 2024 12:19 pm


जनकपुर – मधेस प्रदेशमा पाँच जना राज्यमन्त्री थपिएका छन्। योसँगै मधेस सरकारमा अहिलेसम्मकै ‘जम्बो’ मन्त्रिमण्डल बनेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक-एक राज्यमन्त्री थप गरेका हुन्।

१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए। मंगलबार पाँच राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिमण्डल बनेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नवनियुक्त राज्यमन्त्रीहरूले शपथ पनि लिइसकेका छन्।

मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई कांग्रेस, एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी भएका थिए। जनमतको नेतृत्वमा रहेको मधेस सरकारमा अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनेको हो। जनमतका सांसद सिंह गत जेठ २५ गते मुख्यमन्त्री बनेका थिए।

हेर्नुस् मन्त्री र राज्यमन्त्रीहरूको नामसूची

madhesh-mantrimandal-1722962519.jpeg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक