"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेसमा २० सदस्यीय ‘जम्बो’ मन्त्रिमण्डल

प्रकाशित मिति :  7 August, 2024 12:19 pm


जनकपुर – मधेस प्रदेशमा पाँच जना राज्यमन्त्री थपिएका छन्। योसँगै मधेस सरकारमा अहिलेसम्मकै ‘जम्बो’ मन्त्रिमण्डल बनेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक-एक राज्यमन्त्री थप गरेका हुन्।

१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए। मंगलबार पाँच राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिमण्डल बनेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नवनियुक्त राज्यमन्त्रीहरूले शपथ पनि लिइसकेका छन्।

मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई कांग्रेस, एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी भएका थिए। जनमतको नेतृत्वमा रहेको मधेस सरकारमा अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनेको हो। जनमतका सांसद सिंह गत जेठ २५ गते मुख्यमन्त्री बनेका थिए।

हेर्नुस् मन्त्री र राज्यमन्त्रीहरूको नामसूची

madhesh-mantrimandal-1722962519.jpeg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द