"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन प्रत्याभूत भएमात्र दिगो विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन्छ : राष्ट्रपति

प्रकाशित मिति :  7 August, 2024 7:52 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताए ।

नेपाल जन–प्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने बताए ।

राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारबाहीमा पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्वको बढवा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेसागत संस्थाहरूको ठुलो भूमिका रहेको उल्लेख गरे । ‘‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पुर्‍याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन सङ्घ सधैँ क्रियाशील रहोस् ।’’

उनले पूर्व प्रशासकहरूमाथि राज्यको ठुलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, सिपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गरे । उनले भने, ‘‘तपाईँहरूमाथि राज्यले ठुलो लगानी गरेको छ । जसको कारण तपाईँहरू क्षेत्रगत ज्ञान र सीपयुक्त विज्ञ पनि हो । तपाईँहरूलाई विश्वव्यापी अनुभव र राज्य प्रणाली सञ्चालनका नवीनतम आयामहरूको बोध छ ।

यसर्थ, जीवनको उत्तरार्धमा राज्य प्रणालीबाट केही पाउँछु भन्दा पनि मैले केही योगदान गर्नुपर्छ भन्ने भावना मनभित्र राख्नुभएको छ भन्ने विश्वास लिएको छु । यस्तो सकारात्मक मन, उर्वरशील मस्तिष्क, सिपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भई काम गर्न म अपिल गर्दछु ।’’

उनले खातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन सङ्घले महत्त्वपूर्ण काम गरेको भन्दै खुसी व्यक्त गरे ।

सोही समारोहमा यस वर्षको हेमबाहदुर मल्ल सम्मान कूटनीतिज्ञ र प्रशासनविद् डा. भेषबहादुर थापालाई अर्पण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता