"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

घुससहित पक्राउ भएका नापी सर्वेक्षकसहित तीन जना विरूद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  7 August, 2024 8:18 pm


काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेको नापी सर्वेक्षक यादव, मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्रहीसँग तीन लाख घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सर्वेक्षक यादव र लेखापढी सेन्टरका सञ्चालक भुजेललाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा यो काममा सर्वेक्षक यादव, मालपोत कार्यालयका खरिदार सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलको मिलेमतो देखिएको अख्तियारले जनाएको छ। जग्गा हालसाविकको कार्य सम्पन्न पश्चात उनीहरूले सेवाग्रहीबाट घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

सर्वेक्षक यादव, मालपोत कार्यालयका खरिदार सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलमाथि चार लाख रूपैयाँ बिगो कायम गरी बिगोबमोजिमको जरिवाना र कैद सजाय अख्तियारले मागदाबी लिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार