"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार

प्रकाशित मिति :  8 August, 2024 2:23 pm


फाइल तस्विर

काठमाडौँ । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गरेका हुन् ।

साथै आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने निर्णय गरेका छन् । स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन असम्भव भएकाले डेंगुको रोकथाम नियन्त्रणका लागि व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

डेंगुबाट हुनसक्ने क्षतिलाई कम गर्न डेंगु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सबैको प्रयासले मात्र सकिने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैलाई सहभागिता, सहजीकरण एवम् समन्वय गरिदिनुहुन मन्त्रालयले अनुरोध गरेको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा वृद्धि नभए पनि जोखिम कायम रहेकाले सचेत रहन मन्त्रालयको आग्रह छ ।पुसदेखि नेपालमा ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँका ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्ति  दीर्घरोगी भएको मन्त्रालयले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष