"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पालिकाले कर्मचारी नपठाए पछि सेवा प्रवाह ठप्प, कार्यालय कुर्दै वडा अध्यक्ष

प्रकाशित मिति :  २४ श्रावण २०८१, बिहीबार १६:४४


काठमाडौँ – गोरखाको अजिरकोट गाउँपालिका-४मा कर्मचारी अभावले नियमित सेवा नै ठप्प भएको छ। वडा अध्यक्ष जंगबहादुर गुरुङले सार्वजनिक सूचना जारी गरी कर्मचारी नभएको कारणले वडाबाट हुने विभिन्न सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द हुने बताएका हुन्।

‘अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङमा कर्मचारी नभएको कारण यस वडा कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणसम्बन्धी काम अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि बन्द रहने भएको जानकारी’ अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ। वडा अध्यक्षलाई जानकारी नगराई वडा सचिव बिदामा बसेपछि वडाबाट हुने सेवा प्रवाह ठप्प भएको हो।

‘करारका कर्मचारी गाउँपालिका कार्यपालिकाको असार २३ गतेको बैठकले हटाइहाल्यो। मैले पालिका अध्यक्षलाई करारका कर्मचारीको पुनर्वहालीको माग गरिरहेकै छु,’ वडा अध्यक्ष गुरुङले भने, ‘अहिले मेरो वडामा भएको वडा सचिव पनि मलाई जानकारी नगरी बिदामा बस्यो। भएका करारका दुई कर्मचारी पालिकाले निकालिदियो।’

वडा नम्बर ४ मा कृषि प्राविधक र सामाजिक परिचालिकाको करार सम्झौता नवीकरण नगरेपछि कार्यालय कर्मचारी बिहीन भएको हो। ‘करारका कर्मचारीको नवीकरण गरिदिएन,’ उनले थपे, ‘वडाबाट हुने सेवा सबै ठप्प भए पनि कार्यालय त बन्द गर्नु भएन भनेर कार्यालय कुरेर बसिरहेको छु।’ उनले कार्यालयमा रहेको एक जना पशु प्राविधिक भने गाउँमा गाइबस्तु बिरामी भएको भन्ने खबर आएपछि गाउँमा सेवा दिन गएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ – सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ। आज आइतबार प्रतिनिधिसभा बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को