"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पालिकाले कर्मचारी नपठाए पछि सेवा प्रवाह ठप्प, कार्यालय कुर्दै वडा अध्यक्ष

प्रकाशित मिति :  8 August, 2024 4:44 pm


काठमाडौँ – गोरखाको अजिरकोट गाउँपालिका-४मा कर्मचारी अभावले नियमित सेवा नै ठप्प भएको छ। वडा अध्यक्ष जंगबहादुर गुरुङले सार्वजनिक सूचना जारी गरी कर्मचारी नभएको कारणले वडाबाट हुने विभिन्न सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द हुने बताएका हुन्।

‘अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङमा कर्मचारी नभएको कारण यस वडा कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणसम्बन्धी काम अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि बन्द रहने भएको जानकारी’ अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ। वडा अध्यक्षलाई जानकारी नगराई वडा सचिव बिदामा बसेपछि वडाबाट हुने सेवा प्रवाह ठप्प भएको हो।

‘करारका कर्मचारी गाउँपालिका कार्यपालिकाको असार २३ गतेको बैठकले हटाइहाल्यो। मैले पालिका अध्यक्षलाई करारका कर्मचारीको पुनर्वहालीको माग गरिरहेकै छु,’ वडा अध्यक्ष गुरुङले भने, ‘अहिले मेरो वडामा भएको वडा सचिव पनि मलाई जानकारी नगरी बिदामा बस्यो। भएका करारका दुई कर्मचारी पालिकाले निकालिदियो।’

वडा नम्बर ४ मा कृषि प्राविधक र सामाजिक परिचालिकाको करार सम्झौता नवीकरण नगरेपछि कार्यालय कर्मचारी बिहीन भएको हो। ‘करारका कर्मचारीको नवीकरण गरिदिएन,’ उनले थपे, ‘वडाबाट हुने सेवा सबै ठप्प भए पनि कार्यालय त बन्द गर्नु भएन भनेर कार्यालय कुरेर बसिरहेको छु।’ उनले कार्यालयमा रहेको एक जना पशु प्राविधिक भने गाउँमा गाइबस्तु बिरामी भएको भन्ने खबर आएपछि गाउँमा सेवा दिन गएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द