"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सङ्घीय मन्त्रीहरुको तोकियो मर्यादाक्रम

प्रकाशित मिति :  8 August, 2024 10:40 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोकिएको छ । बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेर राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

मर्यादाक्रम अनुसार क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् । सञ्चारमन्त्री गुरुङ नेपाल सरकारका प्रवक्तासमेत छन् ।।

यसैगरी गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खानेपानी मन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी छन् ।

यसैगरी, मर्यादाक्रम अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातवारणमन्त्री ऐनबाहादुर शाही ठकुरी छन् ।

हेर्नुहोस् मन्त्रीहरुको मर्यादाक्रम



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द