"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा [नाम सहित]

प्रकाशित मिति :  9 August, 2024 11:39 am


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।

काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको सूची



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक