"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रको सम्पत्ति दुरुपयोग गर्ने कुनै पनि सोचमा छैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  11 August, 2024 1:27 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए ।

नेपालका २० प्रतिशत मानिसहरु अझै गरिबीको रेखामुनि रहेको र उनीहरुले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए ।

ती बालबालिका रोएको सम्झिँदा आफूलाई आँशु आउने भन्दै उनले भने, ‘म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति जालझेल गरेर कसरी आफ्नो खल्तीमा सार्न सक्छु, त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई राज्यबाट केही लिनु छैन ।’

नेपाललाई अविकसितबाट विकसित बनाउने, उत्पादकत्व वृद्धि गर्ने र जनताको आम्दानी वृद्धि गर्नेमा आफ्नो ध्यान रहेको ओलीले बताए । ‘मुलुकलाई सुशासन दिनुछ, विकासको गति तिब्र गतिले अगाडि बढाउनु छ’, उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू