"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य मन्त्रिको निर्देशन पछि अस्पतालमा सेवा सुधारको सुरुवात

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार १४:५५


काठमाडौं । सङ्घीय अस्पताल र प्रतिष्ठानहरुले अस्पतालमा सेवा सुधारको सुरुवात गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १७ वटा सङ्घीय अस्पताल र प्रतिष्ठानहरुले सेवा सुधारको सुरुवात गरेको जनाएको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको  सङ्घीय अस्पताल र प्रतिष्ठानले जनाएका छन् ।

सङ्घीय अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गरेका थिए । उक्त निर्णय अनुसार अस्पतालहरुले सेवा सुधारको सुरुवात गरेको विवरण मन्त्रालयमा पठाएका छन् ।   

विवरण अनुसार अस्पताल र प्रतिष्ठानहरुले भिड नियन्त्रणका लागि अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन गरेका छन् ।चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्जबीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीजस्ता कार्यलाई प्राथमिकता दिएकाे विवरणमा उल्लेख छ ।  

अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइमा सुधार, सफा पिउने पानीको निःशुल्क व्यवस्था, गुनासाे व्यवस्थापनका लागि हेल्पडेस्क र गुनासो बक्सहरू व्यवस्थापन गरिएको अस्पतालहरुको विवरणमा जनाइएको छ ।  

औषधीहरूको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको, नेभिगेसन र सूचना प्रणालीहरूको उपयोगले बिरामी र आगन्तुकहरूलाई आफूले सेवा लिने विभागसम्म सहजै पुग्न मद्दत पुर्‍याएको, सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको विषय पनि प्रगित विवरणमा उल्लेख छ।अस्पतालहरुले सरसफाइ र सुविधा व्यवस्थापनमा पनि विशेष ध्यान दिन थालिएको उक्त विवरणमा राखिएको छ ।

उक्त विवरण अनुसार सुरक्षित र सफा पिउने पानी, सफा र पहुँचयोग्य शौचालयहरूको व्यवस्था र अस्पताल परिसरको सरसफाइलाई प्राथमिकता दिइएको छ । साथै, बिरामी र आगन्तुकहरूका लागि जाँच र सहायता डेस्कहरूको व्यवस्था गरिएको विषयलाई पनि अस्पतालहरुले जोड दिएका छन्।

स्वास्थ्य मन्त्री पौडेलले आम नागरिकले स्वास्थ्य सेवा लिन जाँदा भोग्नुपरेको समस्याको समाधानबाट नै समाधानको सुरुवात गरौं भनेर पहिलो दिनदेखि नै त्यसलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको जानकारी दिए ।  

सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नुपरेको, अलमलिनुपरेको र  झन्झटिलो  भन्ने आमनागरिकको गुनासो सुन्दै आएकोले जिम्मेवारी सम्हालेपछि आम नागरिकले स्वास्थ्य सेवा लिँदा बेहोर्ने समस्या समाधान गर्न यस्तो निर्णय गरेको मन्त्री पौडेलको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ – सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ। आज आइतबार प्रतिनिधिसभा बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को