"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चौतर्फी विवादले मधेशका मुख्यमन्त्रीले बर्खास्त गरे ८ राज्यमन्त्री

प्रकाशित मिति :  13 August, 2024 2:00 pm


काठमाडौँ- जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएका मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

उनले सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गरेको जानकारी दिए। जम्बो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि सबैको सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए। बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना छन् ।

सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गरेका थिए।  जम्बो मन्त्रिपरिषद् गठन गरेसँगै सिंहको आफ्नै दल जनमत पार्टीसँग दूरी बढेको थियो। पार्टीले उनलाई सरकार गठनबारे स्पष्टीकरण सोधेको थियो।

जनमत स्रोतका अनुसार शीर्ष नेताहरूले मुख्यमन्त्रीमा सिंहको विकल्प खोज्ने समेत छलफल थालेका थिए। मधेशमा अहिले नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरूको सरकार छ। गठबन्धनको दबाबमा सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका थिए। अब मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू मात्र रहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले