"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चौतर्फी विवादले मधेशका मुख्यमन्त्रीले बर्खास्त गरे ८ राज्यमन्त्री

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १४:००


काठमाडौँ- जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएका मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

उनले सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गरेको जानकारी दिए। जम्बो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि सबैको सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए। बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना छन् ।

सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गरेका थिए।  जम्बो मन्त्रिपरिषद् गठन गरेसँगै सिंहको आफ्नै दल जनमत पार्टीसँग दूरी बढेको थियो। पार्टीले उनलाई सरकार गठनबारे स्पष्टीकरण सोधेको थियो।

जनमत स्रोतका अनुसार शीर्ष नेताहरूले मुख्यमन्त्रीमा सिंहको विकल्प खोज्ने समेत छलफल थालेका थिए। मधेशमा अहिले नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरूको सरकार छ। गठबन्धनको दबाबमा सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका थिए। अब मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू मात्र रहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

काठमाडौँ- लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण गरी बेपत्ता बनाएको आरोप लागेका

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो