"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

प्रकाशित मिति :  14 August, 2024 5:15 pm


काठमाडौँ – मधेशी आयोगले छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबीच आयोगका अध्यक्ष विजयकुमार दत्तले आर्थिक वर्ष २०८०/८१ मा आयोगद्वारा सम्पादित कार्य र सिफारिससहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका हुन् ।

सो प्रतिवदन मार्फत आयोगले हाल रहेको आरक्षणको नीतिलाई परिमार्जन गर्न सिफारिस गरको छ |

आयोगले राज्यको मूलप्रवाहमा ल्याउन मधेशी समुदायका पछाडि परेका जातजाति र वर्गको घरदैलो सर्वेक्षण गराई जातजातिको लागि ६० प्रतिशत र वर्गको लागि ४०% वर्गीकरण गरी आरक्षणको नीति परिमार्जन गर्नको लागि राज्यलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ ।

आयोगले सप्तरीमा रहेको सखडेश्वरी भगवतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न समेत सिफारिस गरेको छ । आयोगले आफ्नो प्रतिवेदन मार्फत ०६३/६४ पछि भएका धार्मिक द्वन्दहरुको सत्यतथ्य पता लगाउन यथाशीघ्र उच्चस्तरीय न्यायिक आयोगको गठन गर्न राज्यलाई सिफारिस गरेको छ । आयोगले यस प्रतिवेदन मार्फत सरकारलाई ४४ वटा विषयमा महत्वपूर्ण सिफारिस गरेको अध्यक्ष दत्तले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू