"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

प्रकाशित मिति :  14 August, 2024 5:15 pm


काठमाडौँ – मधेशी आयोगले छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबीच आयोगका अध्यक्ष विजयकुमार दत्तले आर्थिक वर्ष २०८०/८१ मा आयोगद्वारा सम्पादित कार्य र सिफारिससहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका हुन् ।

सो प्रतिवदन मार्फत आयोगले हाल रहेको आरक्षणको नीतिलाई परिमार्जन गर्न सिफारिस गरको छ |

आयोगले राज्यको मूलप्रवाहमा ल्याउन मधेशी समुदायका पछाडि परेका जातजाति र वर्गको घरदैलो सर्वेक्षण गराई जातजातिको लागि ६० प्रतिशत र वर्गको लागि ४०% वर्गीकरण गरी आरक्षणको नीति परिमार्जन गर्नको लागि राज्यलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ ।

आयोगले सप्तरीमा रहेको सखडेश्वरी भगवतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न समेत सिफारिस गरेको छ । आयोगले आफ्नो प्रतिवेदन मार्फत ०६३/६४ पछि भएका धार्मिक द्वन्दहरुको सत्यतथ्य पता लगाउन यथाशीघ्र उच्चस्तरीय न्यायिक आयोगको गठन गर्न राज्यलाई सिफारिस गरेको छ । आयोगले यस प्रतिवेदन मार्फत सरकारलाई ४४ वटा विषयमा महत्वपूर्ण सिफारिस गरेको अध्यक्ष दत्तले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता