"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारका कामबारे प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

प्रकाशित मिति :  17 August, 2024 5:45 pm


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

दुवै नेताबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भइसकेपछि ओली र देउवाले पहिलोपटक भेटवार्ता गरेका हुन्।

भेटका क्रममा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्री आलीको सचिवालयले जनाएको छ।

यस अवसरमा दुवै नेताबीच समसामयिक राजनीतिका साथै जानकारी आदानप्रदान गर्ने कामसमेत भएको प्रधानमन्त्री ओलीको सचिवालयले बतायो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू