"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रकाशित मिति :  20 August, 2024 10:42 am


काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् ।

भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन्। ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु,’ उनले लेखेकी छन्। यसअघि राणाले भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता गरेकी थिइन्।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

आइतबार दिउँसो नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए। मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष

काठमाडौँ– सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।