"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमाथि समिति छलफल गर्दै

प्रकाशित मिति :  20 August, 2024 6:26 pm


काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयकमाथि बुधबारदेखि दफावार छलफल सुरु गर्दैछ ।

त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । त्यसअघि समितिले विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सांसदहरूसँग साउन २४ गते र २७ गते छलफल गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र राष्ट्रिय सर्तकता केन्द्रका अधिकारीहरूसँग साउन ३१ गते छलफल गरेको थियो ।

बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई बोलाइएको छ । गृहमन्त्री राज्य व्यवस्था समितिका पदेन सदस्य हुन् भने कानुन मन्त्रीलाई समितिले कानुनी रायका लागि आमन्त्रण गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिमा मुख्यतः चार वटा विषय उठेका छन् ।

भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद र निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कि नदिने भन्ने विषयमा संशोधनकर्ता सांसदहरूको मत बाझिएका छन् ।

भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बनमा पर्ने कि नपर्ने र नीतिगत भ्रष्टाचारको विषयलाई कहाँ सम्बोधन गर्ने भनेर समितिको छलफलमा उठेको छ ।

प्रस्तावित विधेयकमा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने उल्लेख छ । निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने प्रस्ताव पनि गरिएको छ ।

तर, भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बनमा पर्ने कि नपर्ने र नीतिगत भ्रष्टाचारको विषयलाई कहाँ सम्बोधन गर्ने भन्ने विषयमा विधेयक मौन छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद