"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  20 August, 2024 6:28 pm


लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। अपराह्न १ बजे बसेको प्रदेश सभाको बैठमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन्। आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीले प्रदेशसभामा जानकारी दिए।

आचार्यलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्। लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्य छन्। प्रदेशसभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन्। राप्रपा तटस्थ बसेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा माओवादी केन्द्रको ११ मत रहे पनि यसमध्ये सभामुखले मत दिन मिलेन भने माओवादीका एक सांसद कृष्णा केसी अनुपस्थित भइन्। माओवादीका नौ र एकीकृत समाजवादी र जनमोर्चाका एक एक गरी विपक्षमा ११ मत खसेको प्रदेशसभाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक