"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

प्रकाशित मिति :  20 August, 2024 6:28 pm


लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। अपराह्न १ बजे बसेको प्रदेश सभाको बैठमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन्। आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीले प्रदेशसभामा जानकारी दिए।

आचार्यलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्। लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्य छन्। प्रदेशसभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन्। राप्रपा तटस्थ बसेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा माओवादी केन्द्रको ११ मत रहे पनि यसमध्ये सभामुखले मत दिन मिलेन भने माओवादीका एक सांसद कृष्णा केसी अनुपस्थित भइन्। माओवादीका नौ र एकीकृत समाजवादी र जनमोर्चाका एक एक गरी विपक्षमा ११ मत खसेको प्रदेशसभाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा