"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस र एमालेविच निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनेको हो : महामन्त्री थापा

प्रकाशित मिति :  20 August, 2024 6:45 pm


बुटवल – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गरेका छन् । कांग्रेस-एमाले गठबन्धनमा कुनै पनि उथलपुथल नहुने उनको भनाइ छ । 

नेकपा एमालेको उपद्रोलाई कांग्रेसले रोक्ने र कांग्रेसले बिगार्ने काम नगर्ने भन्दै उनले अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म नै चल्ने बताए । कांग्रेस रुपन्देहीको आयोजनामा मंगलबारदेखि सुरु भएको ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताए । साथै उनले विगतमा पनि यी दुई पार्टीले गरेको समिकरण निश्चित उद्देश्य पूरा गर्नकै लागि भएको बताए ।

‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले मात्र बनेको त होइन,’ उनले भने, ‘यसअघि २०४७ सालमा, २०५६ मा, २०६२/६३ मा २०७० सालमा दुई दल मिलेर नै सरकार बनाएका थिए र जे काम गर्न भनी मिलेका छौं, त्यो पूरा हुन्छ ।’

उनले संविधान गतिशील दस्तावेज भएको र यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले कांग्रेसले सुरु गरेको प्रशिक्षण देशभरि नै चल्नेसमेत जानकारी दिए । ३ दिनसम्म चल्ने प्रशिक्षणमा गोविन्द पोखरेल, सुरेश आचार्य, छन्दकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका